विधायक शिखा च्याटर्जीको भडकाउ बयानको विरोधमा युवा तृणमूलद्वारा विक्षोभ

सिलगढी : उत्तर बङ्गाललाई अलग राज्य बनाउने मागलाई लिएर डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले दिएको भडकाउ बयानको विरोध जनाउँदै 32 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसले विक्षोभ प्रदर्शन गर्यो। प्राप्त जानकारीअनुसार हिजो साँझ 32 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसद्वारा सिलगढीको तीनबत्ती मोडस्थित पार्टी कार्यालयबाट एउटा विक्षोभ र्‍याली निकालेर वार्डको विभिन्न इलाकाहरूको परिक्रमा गरेपछि अशोक नगर मोडमा विधायक शिखा च्याटर्जीको पुतला दहन गर्यो। यस अवसरमा टाउन 3 ब्लक युवा तृणमूल कङ्ग्रेसका उपाध्यक्ष सायन मित्र, 32 नम्बर वार्ड युवा तृणमूल अध्यक्ष सौरभ नाथ, वार्ड अध्यक्ष अजय दास, पूर्व पार्षद् प्रकाश चन्द्र दास, समीर नन्दी लगायत वार्ड युवा तृणमूल कङ्ग्रेसका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *