विधायक जिम्बाद्वारा सिटोङ झोली वन बस्तीमा खाद्य वितरण

मङ्पु: कोरोना भाइरसको कारण लकडाउनले प्रभावित दार्जिलिङ जीटीए क्षेत्रका विभिन्न गाउँ बस्तीका जनतालाई खाद्य सामग्री लगायत केही आर्थिक सहयोग दिनहुँ रूपमा गर्दै आइरहेका छन् दार्जीलिङका भाजपा विधायक निरज जिम्बाले।यसै अन्तर्गत खरसाङ महकुमाको लाटपन्चर नजिक सिटोङ तीन ग्राम पञ्चायत अन्तर्गत पर्ने झोली फरेस्ट बस्तीमा गएर विधायक जिम्बाले खाद्यान्न सामग्री वितरण गरे।


 

यस अवधि तिनले खाद्य पदार्थहरूसँगै नानीहरुलाई मिठाई, महिलाहरुको निम्ति अत्यावश्यक सामग्री साथै मास्क वितरण गरे भने केही वृद्ध-वृद्धाहरूलाई आर्थिक सहयोग पनि गरे। लगभग एक सय घर रहेको झोली फरेस्ट बस्तीमा विधायक जिम्बाले हाल जीर्ण अवस्थामा पुगेको यहाँको बौद्ध गुम्बा अनि प्राथमिक पाठशाला भवनको पनि निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *