विधायक जिम्बाद्वारा रिम्बिक लोधमा समष्टिमा सर-समान वितरण

दार्जिलिङ : विधायक निरज जिम्बाले दार्जिलिङ जिल्लाको रिम्बिक लोधमा समष्टिमा कार्यरत डाक्टर लगायत तिनका सहयोगीहरूलाई पीपीई किट वितरण गरे। यसको साथै गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्षद्वारा मास्क अनि पञ्जा पनि वितरण गरियो। समष्टि महासचिव सुबास सुब्बा अनि प्रतिनिधिहरूको बाहुलीबाट समष्टिका डाक्टरलाई उक्त पीपीई किट प्रदान गरियो। विधायक निरज जिम्बा अनि ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई समष्टिको तर्फबाट धन्यवाद दिँदै आभार व्यक्त गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले बताए। यसरी रिम्बिक लोधमा क्षेत्रमा देशको विभिन्न क्षेत्रबाट आएर होम क्वारेन्टाइनमा बसेका दाज्यु-भाई, दिदी-बहिनीहरूलाई दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले खाद्य सामाग्री पनि वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *