विधायक जिम्बाको सहयोगमा लिङ्गिया चियाबारीमा लुगाफाटा वितरण

बिजनबारी: दार्जिलिङका विधायक निरज जिम्बाले चिया श्रमिकहरुलाई दसैंको निम्ति उपहार दिने क्रम जारी राखेका छन्। दार्जीलिङ पहाडको विभिन्न चियाबारीहरुमा भ्रमण गरेर तिनको टोलीले त्यहाँका वृद्ध-वृद्धा, युवा-युवती, बाल-बालिकाहरु लगायत अन्य सबैलाई दसैंको उपहार स्वरुप लुगाफाटा वितरण गरिने कार्यक्रम अन्तर्गत लिङ्गिया चियाबारीमा पनि लुगाफाटा वितरण गरेको बताइएको छ।


गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, चुङथुङ मेरिबुङ समष्टि नारी संगठनका अध्यक्ष मन्दिरा राई, सचिव अर्पिता राईसहित एचपीडब्ल्यु-का प्रतिनिधि टोलीले लिङ्गिया चियाबारीका लगभग 150 परिवारलाई लुगाफाटा वितरण गरेका छन्। अर्कोतिर, उक्त कार्यको लागि चिया श्रमिकहरुले विधायक निरज जिम्बा अनि गोरामुमोप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *