विधायकले दिव्याङ्ग बाल-बालिकासँग मनाए आफ्नो जन्मदिन

राजगञ्ज, 31 दिसम्बर (निसं): राजगञ्जका विधायक खगेश्वर रायले आफ्नो जन्मदिन दिव्याङ्ग बाल-बालिकाहरूसित मनाए। 21 दिसम्बर, आज उनको 73औं जन्मदिनको अवसरमा राजगञ्जको बाखोयाबाडी क्षेत्रमा रहेको हावडा साउथ प्वाइन्ट ह्यान्डिक्याप्ड चिल्ड्रेन होमका बाल-बालिकाहरूसँग तिनले आफ्नो जन्मदिन मनाए। उनले बाल-बालिकासँग मिलेर केक काटे। त्यसपछि बाल-बालिकालाई कम्बल र विभिन्न खाद्य सामग्री तथा अन्य सामानहरू वितरण गरे। यस सम्बन्धमा विधायक खगेश्वर रायले भने, “हरेक वर्ष मेरो जन्मदिन फरक तरिकाले मनाउँछु। तर धेरै समयदेखि म मेरो जन्मदिन साना बाल-बालिकाहरूसँग मनाउन चाहन्थें। आज मैले मेरो जन्मदिन हावडा साउथ प्वाइन्ट ह्यान्डिक्याप्ड चिल्ड्रेन होमका बाल-बालिकासँग मनाएको छ, मलाई निक्कै राम्रो लागेको छ।”
यस अवसरमा राजगञ्ज पञ्चायत समितिका अध्यक्ष रूपाली दे सरकार, तृणमूल ब्लक अध्यक्ष अरिन्दम बन्द्योपाध्याय, बिन्नागुडी ग्राम पञ्चायत प्रधान समीजुद्दीन अहमद लगायत अन्य व्यक्तिहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *