विद्यालयमा बुक डे पालन

नक्सलबारी : नक्सलबारी खण्डको हात्तीघिसा केटुगाबूर जोत प्राथमिक विद्यालयमा बुक डे मनाइयो। यस अवधि विद्यार्थीहरूलाई पुस्तक वितरण गरियो। विद्यालयका प्रधान शिक्षक कौशिक आचार्यले बुक डे-को अवसरमा विद्यार्थीहरूलाई पुस्तक वितरण गर्नको साथै नववर्षको शुभकामना पनि दिए। यस अवसरमा विद्यालयका शिक्षक- शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *