विद्यार्थीहरूको लागि खाद्य पदार्थ वितरण

खोरीबारी: कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सबै स्कूल हाल बन्द गरेकोले गर्दा  खोरीबारी-नक्सलबारी खण्डका सबै स्कूलहरूमा पढ़ने विद्यार्थीहरूको निम्ति तिनीहरूको अभिभावकलाई आज एमडीएम अन्तर्गत खाद्य पदार्थहरू वितरण गरियो। यस सम्बन्धमा खोरीबारी ब्लकको बीडीओ योगेश चन्द्र मण्डलले बताए अनुसार ब्लकको सभी हाई स्कूलका आठौ कक्षासम्मका विद्यार्थीहरू लगायत सबै प्राइमेरी, एसएसके-मा पढ़्ने नानीहरूका अभिभावक प्रत्येकलाई दुई किलो चामल अनि दुई किलो आलू वितरण गरियो। यसैगरी, नक्सलबारीको बीडीओ बापी धरले दिएको जानकारी अनुसार यस खण्डको मोठ 154 स्कूलमा विद्यार्थीहरूको लागि आज तिनीहरूको अभिभावक प्रत्येकलाई 2 किलो चामल र 2 किलो आलू वितरण भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *