विद्यार्थीहरूको निम्ति भोलिदेखि कलेजको वेबसाइटमा पनि प्रश्न पत्र अपलोड गरिने

सिलगढी : उत्तरबंग विश्वविद्यालयको अधीनमा रहेका कलेजहरूको अन्तिम वर्षको परीक्षा आजदेखि शुरू भएको छ। विश्वविद्यालयको वेबसाइटमा पूर्व निर्धारित समयमा प्रश्न पत्र अपलोड नगरेपछि विद्यार्थीहरूले आज परीक्षाको पहिलो दिन निक्कै समस्याको सामना गर्न पर्यो।  आज केवल एउटा वेबसाइटमा प्रश्न पत्र अपलोड गरेकोले गर्दा नै सर्वरमा धेरै चाप पर्दा विद्यार्थीहरूलाई समस्या भएको बताइएको छ। यसैले विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर भोलिदेखि विश्वविद्यालय लगायत कलेजको वेबसाइटहरूमा पनि प्रश्न पत्र अपलोड गरिने सम्बन्धित कर्तृपक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *