विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर दिल्ली पब्लिक स्कुलले दुई शिफ्टमा शुरू गऱ्यो क्लास

सिलगढी: कोरोना महामारीले गर्दा लगभग डेढ वर्षपछि हिजदेखि राज्यका सबै स्कुल-कलेजहरू खोलिएको छ। यसैले सिलगढीको डांगापुरस्थित दिल्ली पब्लिक स्कुल प्रबन्धन पक्षले पनि विद्यार्थीहरूको स्वास्थ्यबारे सतर्कता अप्नाउनको साथै सरकारी निर्देशलाई पालन गरेर स्कुलको क्लास दुई शिफ्ट गरिदिएको छ। यसको साथै विद्यार्थीहरूलाई स्कुल जाँदा तथा आउँदा विशेष ध्यान दिएको छ। स्कुल बसमा चढ्न अघि प्रत्येक विद्यार्थीको थर्मल गनले टेस्ट गर्नको साथै सेनिटाइज गरिँदैछ। स्कुलमा अनिवार्य रूपमा मास्कको प्रयोग गरिरहेको छ भने सामजिक दुरत्वलाई पनि पालन गरिरहेको छ। स्कुल प्रबन्धन पक्षले दिएको जानकारी अनुसार सामजिक दुरीलाई ध्यानमा राखेर 9 बजेदेखि 12 बजेसम्मको कक्षालाई दुई सिफ्टमा बाँडिएको छ। पहिलो सिफ्ट बिहान 8:15 बजेदेखि अनि दोस्रो सिफ्ट 12:30 बजेदेखि 3:30 सम्मको निम्ति गरिदिएको छ। दिल्ली पब्लिक स्कुलका प्रन्सिपल अनिशा शर्माले बताए अनुसार सरकारी निर्देशलाई पालन गर्दै स्कुल 16 नोभेम्बरदेखि खोलिएको छ भने नानीहरूको सुरक्षालाई नै प्राथमिकता दिएको छ। स्कुल खोलिएपछि विद्यार्थीहरू अनि शिक्षकहरू सबै खुसी छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *