विद्यार्थीहरूको उत्तर पुस्तिका जम्मा गर्ने समय सीमा बढ़ाउने मागलाई लिएर कलेजका प्राचार्यलाई ज्ञापन

सिलगढी : कलेजको तृतीय वर्षको परीक्षाको उत्तर पुस्तिका जम्मा गर्ने समय सीमा बढ़ाउने मागलाई लिएर तृणमूल छात्र परिषदले आज सिलगढी कलेजका प्राचार्य सुजीत घोषसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। परिषद्को भनाइअनुसार सिलगढी कलेजमा धेरै टाढा-टाढाबाट विद्यार्थीहरू पढ़न आउने गर्दछन्। कोरोनाले गर्दा सीमित परिवहन परिसेवा भएकोले गर्दा तिनीहरूलाई सीमित समय अवधि कलेज आइपुग्न समस्या हुनेछ। यसैले तृणमूल छात्र परिषदले विद्यार्थीहरूको उत्तर पुस्तिका जम्मा गर्ने समय सीमा बढ़ाउने आवेदन गरेको बताइएको छ। सिलगढी कलेजका प्रिन्सिपल सुजीत घोषले विद्यार्थीहरूको मागबारे उत्तरबंग विश्वविद्यालयलाई अवगत गराएर यसको समाधान गरिने बताएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *