विद्यार्थीहरूलाई साइबर अपराधबारे सचेत गराउन जागरूकता कार्यक्रमको आयोजना

सिलगढी : साइबर अपराधबारे जागरुकता फैलाउने उद्देश्य लिएर दार्जिलिङ जिल्ला पुलिस अधीक्षकको निर्देशमा फाँसीदेवाको मुरलीगञ्ज हाई स्कुलमा आज जागरूकता कार्यक्रमको आयोजना गरियो। हाल दिनप्रतिदन साइबर क्राइम बढ्दै गइरहेको छ। साइबर क्राइमबारे विद्यार्थीहरूलाई जागरूक गराउने उद्देश्य लिएर आज दार्जिलिङ जिल्ला पुलिस अधीक्षकको निर्देश अनुसार फाँसीदेवा मुरलीगञ्ज हाई स्कुलमा जागरूकता कार्यक्रमको आयोजना गरियो। यस अवसरमा जिल्ला पुलिस अधीक्षक सन्तोष निंबालकर, अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष, एसडीपीओ अचिन्त्य गुप्ता लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए। विद्यार्थीहरूलाई साइबर अपराधबाट आफूलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा जागरूक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *