विद्यार्थीहरूलाई रोगमुक्त बनाउन स्कुलमा योग कार्यशालाको आयोजना

नक्सलबारी : लगभग दुई वर्षपछि राज्यका सबै प्राथमिक स्कुल खोलिएको छ भने देश लगायत सिलगढी सहर हालसम्म पूर्ण रूपले कोरोनामुक्त भएको छैन। यसैले विद्यार्थीहरूलाई कोरोना संक्रमण मुक्त राख्न तथा तिनीहरूको मनोबल बढ़ाउने उद्देश्य लिएर सिलगढीको प्रधाननगर रामकृष्ण अर्बन जुनियर बेसिक स्कुलमा उत्तरबंग आदर्श योगा अकादमीको सहयोगमा योग कार्यशालाको आयोजना गरियो।  यस कार्यशालामा विद्यार्थीहरूलाई रोग मुक्त बनाउनको लागि विविध योग विधिहरू सिकाइयो। यस अवसरमा योग विशेषज्ञ शिव हाजरा, स्कुलकी प्रधानाध्यापिका मीता चौधरी लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *