विद्यार्थीहरूलाई सेनिटेरी प्याड वितरण

कालेबुङ: कालेबुङ आठ माइलस्थित सेन्ट मेरी डिफ स्कुलमा आज ह्याल्पिङ ह्याण्ड्स संस्थाद्वारा त्यहाँका विद्यार्थीहरुलाई सेनिटेरी प्याड वितरण गरियो। विद्यालय पक्षले ह्याल्पिङ ह्याण्ड्स समक्ष सेनिटेरी प्याड वितरण गरिदिने आग्रह गरेको कारणले गर्दा आज एउटा टोलीले स्कुलमा पुगेर उक्त कार्य गरेको बताइएको छ। कार्यक्रमपछि संस्थाको पक्षमा अध्यक्ष दिपिका छेत्रीले आफुहरुलाई अहिलेसम्म सहयोग पुऱ्याउने शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै आवश्यक्तामा रहेका नारीहरुको सहयोगार्थ अरुलाई पनि अघि आइदिने आह्वान गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *