विद्युत विभागीय अधिकारीले सुके खण्डको प्लुङदुङ ग्राम पञ्चायत क्षेत्रमा गरे परिभ्रमण

सुकेपोखरी: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको विद्युत विभागीय अधिकारीले सुके खण्डको प्लुङदुङ ग्राम पञ्चायत अन्तर्गत रियाङ बस्ती क्षेत्रको भ्रमण गरे। यस अवधि उपस्थित गाउँलेहरूले विद्युत सम्बन्धी समस्या तथा गुनासो पोखे। विद्युत विभागबाट आएका एक्ज्युकेटिभ एई तथा एसएई समक्ष रियाङ बस्तीको विद्युतको अवस्था सोचनीय रहेको गाउँलेहरूले जानकारी गराए। तिनीहरूको भनाई अनुसार पानी पर्नसाथ यस क्षेत्रमा विद्युत सर्वराह बाधित हुने, दुई फिटको दुरत्वबाट तार जड़ान गरिएकोले कुनैदिन ठूलो दुर्घटना हुने सम्भावना रहेको लगायत अन्य विषयमा अवगत गराइयो। यसको साथै सम्बन्धित निकायलाई समस्याबारे धेरैपल्ट पत्राचार गरिए तापनि कुनै ठोस पहल नभएको गाउँलेहरूले आरोप लगाए। यस पटकको भ्रमणले यहाँको समस्या सामधान हुनेबारे आशावादी रहेको स्थानीय प्रविणले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *