विद्युत क्याबल लाइन तथा कनेक्सन बक्स जड़ान गरिने कार्य शुरू

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्डको पोख्रेबुङ नागरी क्षेत्रमा विद्युत क्याबल लाइन तथा कनेक्सन बक्स जड़ान गरिने कार्य शुरू गरिएको छ। डब्लुबीएसईडीसीएल (WBSEDCL)-को पहलमा शुरू गरिएको यस कार्यको समाप्तीपछि विद्युतबाट हुने दुर्घटना कम हुनको साथै विद्युत सर्वराहमा बाधा उत्पन्न नहुने विभागीय कर्मचारी साना लेप्चाले बताए । तिनले एलटी लाइनमा गरिएको यस प्रकारको कार्यप्रति खुशी व्यक्त गर्दै 11 केभी र 33 केभीको एचटी लाइनमा पनि कतिपय बाधा उत्पन्न हुने गरेको तथा एचटी लाइनको नाङ्गो तार लगिएको ठाउँमा धेरै रूख पातहरू भएकोले एचटी लाईनमा पनि क्याबल तार जड़ान गर्न सकिए उचित हुने तिनले मन्तव्य पोखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *