विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कुचबिहार : माथाभाङ्गा 2 ब्लकको रूईभाङ्गा इलाकाको एउटा घरमा विद्युत् जडान गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार इलाकाको एउटा घरमा विद्युत् जडान गर्ने क्रममा उक्त घटना घटेको हो। विद्युत कनेक्सनको लागि उक्त युवक बिजुलीको खाँबोमा चढेपछि बिजुलीको करेन्ट लागेर युवक त्यहीँ तारमा झन्डिएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस र दमकल कर्मी घटनास्थलमा पुगेर युवकको शव उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *