विद्युत साहामाथि प्राणघातक हमला गरेको आरोपमा काका र तिनका 2 छोरा पक्राउ

सिलगढी : सिलगढी सुटआउट काण्डमा आपसी दुश्मनीको कारण आफ्नै काकाको छोराले सुपारी किलरको सहयोगमा विद्युत साहाको हत्या गर्ने प्रयास गरेको थियो। उक्त घटनामा आसिघर आउटपोस्ट पुलिसले विद्युत साहाको नाममा सुपारी दिने 3 जना दोकाने पान बिक्री गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विद्युत साहाको काका सुशील साहा, तिनका ठुलो छोरा बप्पा साहा, सानो छोरा छोटन साहा सामेल छन्। एउटा जमीनको विवादलाई लिएर विद्युत साहामाथि हालै तिनीहरूले गोली चलाएको पुलिस सूत्रले जनाएको छ। पुरानो एउटा जमीनलाई लिएर विद्युत साहा र तिनका काकाको छोरा बप्पा साहा बीच झगड़ा चलिरहेको थियो। सुशील साहा अनि तिनका दुई छोरा बप्पा र छोटनले विद्युत साहाको हत्या गर्ने षड्यन्त्र रचेका थिए। यसपछि गत 15 अगस्तको राति 38 नम्बर वार्ड इलाका निवासी जमिन व्यवसायी विद्युत साहालाई गोली हान्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा विद्युत साहालाई सेभोक रोडस्थित एउटा गैर सरकारी अस्पतालमा भर्ना गरेपछि हाल तिनी चिकित्साधीन अवस्थामा छन्। पुलिसले घटनाको आरोपीलाई पक्रनको लागि ठाउँ-ठाउँमा छापामार अभियान चलाएका थिए। यसपछि पुलिसले विद्युत साहाको काका सुनील साहा र तिनका दुई छोरा बप्पा साहा र छोटन साहालाई हिरासतमा लिएर सोधखोज गरेपछि पुलिसलाई तिनीहरूमाथि अझ सन्देह बढेपछि पुलिसले विद्युत साहामाथि गोली चलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा ती 3 जनालाई पक्राउ गर्यो। पक्रा परेका 3 जनालाई आज जलपाईगढी अदालतमा पेश गरेपछि घटनाको जाँचको लागि तिनीहरूलाई 8 दिनको लागि पुलिस हिरासतमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes