विद्युत समस्याले परीक्षा दिने विद्यार्थीहरूलाई असुविधा: विद्यार्थी मोर्चा

बिजनबारी: बिजनबारी क्षेत्रमा दैनिक रूपमा भइरहेको विद्युत समस्याको कारण हाल भइरहेको विश्वविद्यालय स्तरीय परीक्षाहरुको लागि विद्यार्थीहरुलाई समस्या भएको गोजमुमो बिमल खेमा विद्यार्थी मोर्चा केन्द्रिय समिति सदस्य तथा पुल बिजनबारी गोक समष्टि विद्यार्थी मोर्चा संयोजक करण लिम्बुले जनाएका छन्। तिनले एउटा भिडियो सन्देश जारी गर्दै एमए-मा अध्ययनरत् विद्यार्थीहरुलाई हाल सम्न्न भइरहेको अनलाइन परीक्षामा निक्कै कठिनाइ भएको बताएका छन भने यसलाई सुचारु बनाइदिने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *