बिदुर राई फाउन्डेशनको तर्फबाट वृद्धाश्रमका असहायहरूलाई खाद्य सामग्रीहरू वितरण

कालेबुङ: गोजमुमो बिनय पन्थी कालेबुङ जिल्ला युवा मोर्चाका दिवङ्गत अध्यक्ष बिदुर राईको जन्मदिनको विशेष अवसरमा आज बिदुर राई फाउन्डेशनको तर्फबाट वृद्धाश्रमहरूमा रहेका वृद्ध-वृद्धा तथा असहायहरूलाई खाद्यान्न सामग्री प्रदान गरियो। विकास राईको अगुवाईमा कालेबुङ नगरपालिका वार्ड नम्बर 1 का पार्षद कुणाल प्रधान लगायत फाउन्डेसनका अन्य सदस्यहरूले कालेबुङ 12 माईलस्थित हु केयर्सद्वारा सञ्चालित वृद्धाश्रम `जोयस होम´ मा पुगेर वृद्ध-वृद्धाहरूसँग भेट गरेर खाद्यान्न सामग्री तथा अन्य आवश्यकीय सामग्रीहरू प्रदान गरे।


यसरी नै फाउन्डेसनले ईस्टमेन रोडस्थित सिलोम होस्टेलमा गएर खाद्यान्न सामग्रीहरू प्रदान गरे। सामजिक कार्यहरूमा सदैव अघि रहने स्वर्गीय बिदुर राईको भिजन अनि सोंचलाई तिनको मृत्युपछि पनि दिगो राख्नलाई `बिदुर राई फाउन्डेसन´ गठन गरिएको बताइएको हो। हाल फाउन्डेसनले कोभिडको महामारीलाई ध्यानमा राखेर सामाजिक कार्यहरू गरिरहेको छ भने आज तिनै स्वर्गीय बिदुर राईको जन्मदिन परेको हुँदा तिनको स्मरणमा खाद्य सामाग्रीहरू वितरण गरेको फाउन्डेसनले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *