विधायक शङ्कर घोष धरनामा बस्न अगावै पुलिस हिरासतमा

सिलगढी : सिलगढीका विधायक शङ्कर घोष लगायत केही भाजपा नेता तथा कार्यकर्ताहरूलाई सिलगढी थाना पुलिसले हिरासतमा लिएको छ। भोलि मंगलबार सिलगढीको कञ्चनजङ्घा स्टेडियममा मुख्यमन्त्री ममता ब्यानर्जीको कार्यक्रम सम्पन्न हुने भएको छ। खेल्ने मैदानमा किन कार्यक्रम गर्दैछ ? भन्दै यसको प्रतिवादमा विधायक शङ्कर घोषले आज धरना बस्ने आहवान गरेका थिए। सिलगढीको हासमी चौकमा आज रातभरि धरना बस्ने तिनले भनेका थिए। यसैले गर्दा आज बिहानैदेखि हासमी चौकमा विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। साँझ विधायक शङ्कर घोषको नेतृत्वमा भाजपाका नेता तथा कार्यकर्ताहरू हासमी चौकमा पुग्नसाथ शङ्कर घोषलाई पुलिसको वाहनमा हालेर सिलगढी थानामा लगेको बताइएको छ। यसको साथै भाजपाका केही नेता तथा कार्यकर्ताहरूलाई पनि हिरासतमा लिएर थानामा लगेको छ। अर्कोतिर, विधायक शङ्कर घोषलाई हिरासतमा लिनसाथ भाजपा नेता तथा कार्यकर्ताहरू सिलगढी थाना बाहिर भेला भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *