विज्ञापन दिएर वाहन तथा स्कुटी बिक्री गर्ने ठगहरूको रगरगी

सुकेपोखरी : आजभोलि अन लाइन पेमेन्ट मार्फत् सेकेण्ड ह्याण्ड स्कुटी, बाइक तथा वाहनहरू किनबेच गर्ने गरिन्छ। तथापि कतिपय एजेन्सी अथवा व्यक्ति विशेष फर्जी हुने गरेको थाहा लागेको छ। गत केही दिन अघि सोसल मीडियामा यस्तै एउटा स्कुटी बिक्री गर्ने विज्ञापन देखेपछि दार्जिलिङको नागरी फार्म, कागझोड़ा लगायत विभिन्न ठाउँका मानिसहरूले दिएको नम्बरमा फोन गरेर जान्न चाहँदा सीआईएसएफ-मा कार्यरत सयन नन्दी हाल बाघडुग्रा हवाई-अड्डामा कार्यरत रहेको बताए। तिनले फोनमार्फत् जम्मु कश्मिरमा आफ्नो स्थानान्तरण भएकोले गर्दा स्कुटी बेच्नको लागि उक्त विज्ञापन दिएको बताए। तिनले कार्गो ट्रान्सपोर्टको माध्यमद्वारा उक्त स्कुटी गाउँसम्म पठाइदिने बताउँदै स्कुटीको फोटो, कागज-पत्रको फोटोकपी, आफ्नो फोटो, आधार कार्ड र सीआईएसएफ-को आईडी कार्ड समेत पठाउनको साथै उपभोक्ताको आधार कार्ड, पेन कार्ड आदिको नम्बर तथा फोटोकपी पनि मागे। यसपछि नन्दीले 11 सय पचास रुपियाँ पहिला भुक्तान गर्न लगाएपछि उपभोक्ताले फोन पे अथवा अन्य एप्सबाट उक्त रुपियाँ भुक्तान गरे।


होन्डा कम्पनीको स्कुटी कुचबिहार नम्बर भएको र सीआईएसएफ-मा कार्यरत सयन नन्दीकै नाममा कागज पत्र रहेको देखेपछि कुनै सन्देह गर्ने ठाउँ नै रहेन। 25 हजार रुपियाँको स्कुटी घरमा आएपछि उपभोक्ताले पेमेन्ट गर्दा 11 सय 50 रुपियाँ काटेर दिनुपर्ने फोनमा तय भएको थियो। भोलिपल्ट नन्दीले स्कुटी लोड भएर पठाइसकेको कुरा फोनमार्फत् बताउँदै ट्रान्सपोर्ट अघि बढाउन 12 हजार 3 सय रुपियाँ भुक्तान गर्नुपर्ने बताए। उपभोक्ताले जबसम्म स्कुटी घरमा आइपुग्दैन तबसम्म एकै रुपियाँ पनि नदिने बताएपछि 2 हजार उपभोक्ताले भुक्तान गर्ने अनि रहल 10 हजार 3 सय आफूले भुक्तान गरिदिने नन्दीको भनाइ थियो। उपभोक्ताले 2 हजार भुक्तान गरेपछि तिनले आफ्नो एकाउन्टबाट मनि ट्रान्फर नभएको बहाना गर्दै उपभोक्तालाई नै उक्त रहल रुपियाँ भुक्तान गर्ने लगाउने प्रयास गरे। आधा घण्टाभित्र समान आइपुग्ने बताए तापनि स्कुटी तिनले पठाएका थिएनन्। चाखलाग्दो विषय के थियो भने नन्दीको फोटो,आधार कार्डको फोटो र आईडी कार्डको फोटो एउटै मान्छेको नरहेको स्पष्ट भएपछि सन्देह सत्यमा परिणत भयो। अर्को तर्फ देशको सुरक्षामा कार्यरत् बिभाग वा सेनाको नाममा यस प्रकारको कार्य हुनु भनेको भारतीय सेनालाई बदनाम गराउनु हो। यसैले आगामी दिनमा गाउँ-बस्तीका सर्वसाधरण मानिसहरू यस प्रकारको ठगहरूबाट नठगियोस् भन्ने तिनीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *