बिहान 10 बजेपछि पनि खुल्ला देखियो सिलगढीको फुलेश्वरी बजार

सिलगढी : देशको विभिन्न ठाउँहरूमा झैँ यता बङ्गालमा पनि कोरोनाको दोस्रो लहरको प्रकोप बढ्दै गइरहेकोले गर्दा यसलाई रोकथाम गर्ने उद्देश्य लिएर सरकारले राज्यमा आंशिक लकडाउनको घोषणा गरेको छ। आंशिक लकडाउन अवधि बिहान 7 बजीदेखि 10 बजीसम्म अनि साँझ 5 बजीदेखि 7 बजीसम्म दोकान तथा बजारहरू खुल्ला राख्ने निर्देश दिएको छ।


तथापि, सरकारद्वारा जारी उक्त निर्देशलाई पर्वाह नगरी सिलगढीको फुलेश्वरी बजार बिहान 10 बजेपछि पनि खुल्ला रहेको देखियो। बजार खुल्ला रहेकोले गर्दा निर्धारित समयपछि पनि साधारण मानिसहरूले बजारमा माछा, मासु र सब्जीहरू किनेको देखियो। यसरी निर्धारित समयपछि पनि बजारमा मानिसहरूको निक्कै भीड जमेकोले गर्दा फुलेश्वरी बजारमा आंशिक लकडाउन पालन भइरहेको छ भन्नेबारे प्रश्न चिन्ह खडा भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *