बिहानैदेखि लाइनमा उभिएर भ्याक्सिन नपाएपछि वयस्क नागरिकहरूद्वारा क्षोभ प्रकट

अलिपुरद्वार : अलिपुरद्वारको जङ्क्सन रेलवे अस्पताल अघि आज बिहान 4 बजीदेखि वयस्क नागरिकहरू लाइनमा उभिएर पनि कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि क्षोभ प्रकट गरे। कोरोनाको टीकाकरणको लागि आज बिहानैदेखि मानिसहरू लाइनमा उभिएका थिए भने बिहान 9 बजी अस्पतालका कर्तृपक्षले भ्याक्सिन नदिने जानकारी गराएपछि तिनीहरूले क्षोभ प्रकट गरे। यसैगरी, जयगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा यस्तै प्रकारको दृश्य देखियो। कोरोनाको भ्याक्सिन लगाउनको लागि धेरैजना वयस्क मानिसहरू उक्त केन्द्रमा गए तापनि स्वास्थ्य कर्मीहरूले भ्याक्सिन समाप्त भएकोबारे जानकारी गराएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *