बिहारमा रम-रक्सी तस्करी गर्न अगावै युवक पक्राउ

सिलगढी : बिहारमा रम-रक्सी तस्करी गर्न अगावै सिलगढी जङ्क्शन ट्राफिक गार्डको पुलिसले एकजना युवकलाई देशी-विदेशी रम-रक्सी सहित पक्राउ गरेर प्रधान नगर थाना पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका युवक बिहारको चम्पारण निवासी राजकुमार प्रसादको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढी जङ्क्शन बिहार बस स्ट्यान्डमा एकजना युवकले ब्यागमा धेरै मात्रामा देशी-विदेशी रम-रक्सी बोकेर बिहार लैजाने तर्खरमा थिए। सिलगढी जङ्क्शन ट्राफिक गार्डले यसबारे थाहा पाएपछि उक्त युवकको ब्याग छानबीन गर्दा 110 बोतल देशी-विदेशी रम-रक्सी उद्धार भएको बताइएको छ। यसपछि गैर कानुनी रूपमा रम-रक्सी तस्करी गरेको आरोपमा उक्त युवकलाई पक्राउ गरेर प्रधान नगर थानालाई सुम्पिदिए। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *