बिहारमा तस्करी गर्न अगावै धेरै मात्रामा रम-रक्सी सहित व्यक्ति पक्राउ

सिलगढी : बिहारमा रम-रक्सी किन-बेच बन्द रहे तापनि अवैध रूपमा सिलगढीबाट रम-रक्सी तस्करीको व्यवसाय बढिरहेको छ। बिहारमा रम-रक्सीको माग बढ़ेकोले गर्दा यात्रीवाहक बस र विभिन्न प्रकारले बिहारमा अवैध रम-रक्सीको तस्करी भइरहेको छ। गत राति एकजना व्यक्तिले सिलगढीबाट धेरै मात्रामा रम-रक्सी बिहार लैजाने तर्खरमा थिए। तर यसभन्दा अगावै सिलगढी मेट्रोपोलिटनको प्रधाननगर थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियानमा चलाएर अवैध रम-रक्सी सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहारको दरभङ्गा निवासी 35 वर्षीय कन्हैया शर्माको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी कन्हैया शर्माले सिलगढीबाट लगभग 50 हजार रुपियाँको रम-रक्सी लिएर बिहार लैजाने तर्खरमा थिए भने यसभन्दा अगावै पुलिसले रम-रक्सी सहित तिनलाई पक्राउ गरेको बताइएको छ। प्रधान नगर थाना पुलिसले आरोपी व्यक्तिलाई गैर कानुनी रूपमा रम-रक्सी तस्करी गरेको आरोपमा मामिला दर्ता गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *