बिहारमा तस्करी गर्न अगावै गाँजा सहित युवक पक्राउ

सिलगढी बिहारमा तस्करी गर्न अगावै गाँजा सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पर्ने युवक कुचबिहार निवासी जय सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एउटा पिकअप भ्यानमा गोप्य च्याम्बर बनाएर लगभग 42 केजी गाँजा लुकाएर कुचबिहारबाट बिहारतर्फ लगिरहेको थियो।


गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फुलबारी आमाईदीघि इलाकाको एउटा होटलबाट एकजना युवकलाई हिरासतमा लिएर सोधखोज गरेपछि पिकअप भ्यानबाट 42 केजी गाँजा उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाँजाको बजार मूल्य लगभग 2 लाख रुपियाँ रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *