बिहारमा तस्करी गर्न अगावै धेरै मात्रामा रम-रक्सी सहित दुईजना महिला पक्राउ

सिलगढी : खालपाड़ा आउट पोस्ट पुलिसले रम-रक्सी तस्करीको मामिलामा दुईजना महिलालाई पक्राउ गरेको छ। पक्रा परेका महिलाहरू बिहार निवासी बबीता देवी र राजकुमारी देवीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत साँझ दुईजना महिला सिलगढीबाट धेरै मात्रामा रक-रक्सी लिएर बिहार जाने बसमा सवार भएको जानकारी पाएपछि खालपाड़ा आउटपोस्ट पुलिसले झङ्कार मोड़ नजिक अभियान चलाएर बिहार गइरहेको बसलाई रोकेर छानबीन गर्दा बसको डिक्कीबाट दुई ब्याग रम-रक्सी उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले उक्त ब्यागको मालिकबारे सोधखोज गर्दा दुईजना महिलाले बिहारमा रम-रक्सी बिक्री गर्नको लागि लगिरहेको थाहा पाए। पुलिसले दुईजना महिलाविरुद्ध अवैध रूपमा रम-रक्सी लगिरहेको मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *