बिहारमा तस्करी गर्न अगावै रम-रक्सी सहित एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं): सिलगढी प्रधान नगर थाना पुलिसले बिहारमा तस्करी गर्न अघि अधिक मात्रामा विदेशी रम-रक्सीसित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सुरज कुमार, बिहार निवासी बताइएको छ। तिनलाई रम-रक्सी तस्करी गरेको आरोपमा मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति सुरज कुमार सिलगढीबाट अधिक मात्रामा विदेशी रम-रक्सी लिएर जंक्शन बिहार बस स्टयान्डमा बस पर्खिरहेका थिए तर यसभन्दा अगावै पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर सुरज कुमारको ब्याग छानबिन गरे। छानबिन अवधि पुलिसले आरोपीको ब्यागबाट धेरै मात्रामा लाखौ रूपियाँको बिदेशी रम-रक्सी फेला पारेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *