बिहार र नेपाल सिमान्त इलाकाबाट 9 वटा चोरीको बाइक उद्धार, 5 वटा बाइक फिर्ता गरियो मालिकलाई

खोरीबारी : खोरीबारी थाना पुलिसले चोरी भएको बाइक उद्धार गरेर त्यसको मालिकलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार केही दिनदेखि खोरीबारी थाना अन्तर्गत इलाकामा बाइक चोरी भइरहेकोले थानामा यसबारे अभियोग दर्ता गरिएको थियो। उक्त घटनाको जाँचमा जुटेका पुलिसले बिहार तथा नेपाल सिमान्त इलाकाबाट 9 वटा चोरी भएको बाइक उद्धार गरेको छ भने आज रूरल डीएसपी अचिन्त्य गुप्ताले तीमध्ये 5 वटा बाइकको मालिकलाई तिनीहरूको हराएको बाइक सुम्पिदिएको बताइएको छ। यसरी चोरी भएको बाइक फिर्ता पाउँदा तिनीहरू निक्कै खुसी भए। डीएसपी अचिन्त्य गुप्ताले बताएअनुसार चोरी भएको मोठ 5 वटा बाइक आज त्यसको मालिकहरूको हातमा सुम्पिदिएको छ भने अन्य 4 वटा बाइक नक्सलबारी, बाघडुग्रा थाना इलाकाको रहेकोले पछि ती बाइकहरू त्यसको मालिकलाई सुम्पिदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *