बिहे अघि भाग्यो बेहुला, पुलिसलाई साथमा लिएर बेहुलाको घरमा पुगे बेहुलीको परिवार

सिलगढी : बिहे अघि बेहुला घरबाट भागेपछि बेहुलीको परिवारका सदस्यहरू चिन्तित छन्। बेहुलीको परिवारका सदस्यहरूले अन्ततः पुलिस लिएर बेहुलाको घरमा पुगे। प्राप्त जानकारीअनुसार सिलगढीको बाघाजतीन कोलनी निवासी युवतीसित एनजेपी निवासी युवकको बिहे ठिक भएको थियो भने आज साँझ बिहे हुने कुरा थियो। तर यसभन्दा अघि युवक निखोज भएको बताइएको छ। आज दिउँसो युवतीको परिवारका सदस्यहरू युवकको घरमा गएपछि दुई पक्षमाझ वाद विवाद शुरू भयो। यसपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगे। युवतीको परिवारका सदस्यहरूको आरोपअनुसार मगनी भइसकेको थियो भने आज साँझ बिहे हुने तय भएको थियो। तर युवक निखोज भएकोबारे तिनका परिवारका सदस्यहरूले जनाए। अर्कोतिर, युवकको परिवारका सदस्यहरूले बताएअनुसार युवतीको परिवारले दुर्व्यवहार गरेकोले गर्दा नै युवकले बिहे गर्न अस्वीकार गरेको थियो। बिहे नगर्नेबारे म्यासेजको माध्यमद्वारा बेहुलीलाई जानकारी गरिसकेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *