बिहेबाट फर्किरहेको समय वाहन नदीमा खस्दा 4 जनाको मृत्यु, नव दम्पति सहित अन्य उपचाराधीन अवस्थामा

जलपाईगढी : बिहेबाट फर्किरहेको समय कालेबुङ जिल्लाको मङ्पङ नजिक रूङडुङ पुलमा दुर्घटनामा परेर 4 जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य केही घाइते भएका छन्। मर्नेहरूमा माहिल शेख (23), शुक्ला कुण्डू (57), तिलक मण्डल र राजु शेख सामेल छन् भने तिनीहरूमध्ये 2 जना सिलगढी निवासी हुन्। प्राप्त जानकारी अनुसार राजेश एक्का सिलगढीबाट बानरहाटमा बिहे गर्न गएका थिए। यसपछि राति बिहे सकेपछि नव दम्पति लगायत अन्य जन्तीहरू वाहनमा सवार भएर राति सिलगढी फर्किरहेको समय मङ्पङ थानाको रूङडुङ पुलमा अनियन्त्रित भएर वाहन नदीमा खस्यो। घटनाको खबर पाएर मङ्पङ आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर उदलाबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले 2 जना घाइतेलाई मृत घोषित गरिदिए। अन्य 2 जना घाइतेलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल लैजाने क्रममा बाटोमै तिनीहरूको पनि मृत्यु भएको बताइएको छ। अर्कोतिर, नव दम्पति लगायत अन्यको अस्पतालमा उपचार चलिरहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। कालेबुङ जिल्लाको मङ्पङ आउटपोस्टका ओसी मङ्गल सिंह लो –ले बताएअनुसार राति 1 बजी उक्त दुर्घटना भएको हो। आज क्रेनको सहयोगमा वाहन नदीबाट बाहिर निकालियो। उक्त घटनामा 4 जनाको मृत्यु भएको छ। आज मृतकहरूको पोस्टमार्टम गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes