बिहे भोजमा आउनेहरूलाई रुखको विरुवा वितरण

कुचबिहार: कुचबिहार जिल्लाको माथाभङ्गा 10 नम्बर वार्डमा बिहे समारोहमा आमन्त्रित अतिथिहरूलाई बिहे भोज खुवाउनको साथै बेहुलीको हातबाट सबैलाई रुखको विरुवा वितरण गरियो। माथाभङ्गाको 10 नम्बर वार्ड निवासी स्वर्गीय पूर्ण चन्द्र बर्मनकी छोरी लेखनी बर्मनको बिहेमा आमन्त्रित गरिएको अतिथिहरूलाई रुखको विरुवा वितरण गरियो। लेखनीको मामाले बताएअनुसार हाल वायु प्रदूषित भएको कारण जल स्तर निक्कै तल पुगेकोले गर्दा नै विश्वलाई बचाउनको लागि वृक्ष रोप्नु अनिवार्य रहेको छ। यसैले गर्दा आफ्नी भान्जीको बिहेमा आएका अतिथिहरूलाई रुखको विरुवा वितरण गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *