बिहे भोजमा गइरहेको बस दुर्घटनाग्रस्त, 7 जना घाइते

अलिपुरद्वार : बिहे भोजमा गइरहेको समय बाटोमा बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा 7 जना घाइते भएका छन्। उक्त घटना गत राति फलकाटा वीरपाडा राष्ट्रिय राजमार्गको डालिमपुर इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार बिहे समारोहको लागि एउटा बस फालाकाटा अढाई माइलबाट मालबजारतर्फ प्रस्थान गर्यो। डालिमपुर इलाकामा बस अचानक अनियन्त्रित भएर सडक किनारको एउटा सुपारीमा बारीमा पस्दा बेहुलीको बाबु लगायत 7 जना घाइते भएको बताइएको छ। घटनाको खबर पाएर फालाकाटा थाना पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर फालाकाटा सुपर स्पेसलिटी अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *