बिहे गर्न अस्वीकार गरेपछि प्रेमीको घर अघि धरनामा बसिन् प्रेमिका

कुचबिहार : बिहेको प्रलोभन देखाएर प्रेमिकासित शारीरिक सम्बन्ध बनाएर बिहे गर्न अस्वीकार गरेपछि प्रेमीको घर अघि प्रेमिका धरनामा बसेकी छन्। उक्त घटना कुचबिहार जिल्लाको तुफानगञ्ज नगरपालिकाको 8 नम्बर वार्डमा घटेको हो। प्राप्त जानकारी अनुसार तुफानगञ्ज 8 नम्बर वार्ड निवासी दिवाकर बसाकको हरिपुर माझीपाडा इलाका निवासी युवतीसित फोनमार्फत् सम्पर्क भएपछि तिनीहरूमाझ प्रेम सम्बन्ध भयो। यसपछि बिहेको प्रलोभन देखाएर दिवाकरले धेरैपल्ट युवतीसित शारीरिक सम्बन्ध बनाएपछि तिनले उक्त युवतीसित बिहे गर्न अस्वीकार गरेको आरोप रहेको छ। यसैले उक्त युवती प्रेमीको घर अघि धरनामा बसेकी छन्। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। यस सम्बन्धमा दिवाकरको दाजु शुभङ्कर बसाकले भने, युवतीले गत 7 वर्षदेखि प्रेम सम्बन्ध रहेको दावी गरेको कुरा झुटो हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *