बिहेको 15 दिनपछि सिलगढीमा झुन्डिएको अवस्थामा दम्पत्तिको शव उद्धार

सिलगढी : सिलगढीको देवीडाङ्गामा आज झुन्डिएको अवस्थामा दम्पत्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार गत 15 दिन अघि देवीडाङ्गा निवासी मसिउर रहमानसित रामगञ्ज निवासी नुजात नासरिनको बिहे भएको थियो। नुजात नासरिन रामगञ्जको स्कुल अध्ययनरत थिइन्। बाह्रौँ श्रेणीको रेजिस्ट्रेसनको लागि तिनलाई स्कुल जान परेकोले गर्दा धेरै दिनदेखि तिनले आफ्नो घर रामगञ्ज जाने इच्छा गरेको थाहा लागेको छ। गत राति नुजातको फोनमार्फत् आमासित कुराकानी भएको थियो भने आज बिहान तिनका परिवारका सदस्यहरूले नुजात र तिनका लोग्नेको झुन्डिएको अवस्थामा शव घरबाट उद्धार भएको खबर पाए। यसपछि तिनीहरूले प्रधाननगर थानामा गएर ती दुई दम्पत्तिको शव उद्धार गरेको बताइएको छ। मृतक नुजातका परिवारका सदस्यहरूको आरोप अनुसार नुजात स्कुल पढ्न चाहे तापनि तिनका ससुरालका सदस्यहरूलाई सो स्वीकार नभएकोले गर्दा छोरी नुजातको हत्या गरिदिएको हो। पुलिसले मृतक दम्पत्तिको परिवारका सदस्यहरूसित कुराकानी गरे भने उक्त दम्पत्तिले आत्महत्या गरेको हो अथवा हत्या हो भन्ने विषयमा छानबीन गरिरहेको प्रधाननगर थाना पुलिसले जनाएको छ। मृतक युवकका बाबुले बताएअनुसार आज बिहान धेरै समयसम्म ती दुईजनालाई बोलाए तापनि कुनै उत्तर नदिएपछि घरभित्र गएर हेर्दा झुन्डिएको अवस्थामा दुवै दम्पत्तिको शव उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *