बिहेको दुई दिनअघि सिलगढीको पञ्जाबीपाडास्थित आवासमा आगलागी

सिलगढी : सिलगढीको 13 नम्बर वार्डको पञ्जाबीपाडामा एउटा आवासमा आगलागी हुँदा धेरै क्षयक्षति भएको छ। प्राप्त जानकारी अनुसार केशव अग्रवाल नाम गरेको व्यक्तिको घरमा आगलागी भएको छ। उक्त परिवारको छोरीको आउँदो बिहिबार बिहे रहेकोले घरमा आफन्तहरू आउन शुरू भइसकेको छ। आज घरमा धेरैजना मानिसहरू रहेको समय एसीबाट आगो लाग्दा क्षण भरमै आगोले उग्र रूप लिएर घरको सबै सर समानहरू जलेर खरानी भएको बताइएको छ। आगलागीको खबर पाएर दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर मेयर परिषद मानिक दे, राजेश शाह पनि आगलागी स्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *