बिहेको माग गर्दै प्रेमीको घर अघि धरना, ताला भत्काएर घरभित्र प्रवेश गरिन् प्रेमिका

कुचबिहार: बिहेको माग गर्दै प्रेमीको घर अघि धरना बसेपछि प्रेमिकाले घरको दैलो भत्काएर प्रेमीको घरभित्र प्रवेश गरिन्। उक्त घटनाले कुचबिहार सहर संलग्न नेताजी स्क्वायर इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार कुचबिहारको बकुलतला इलाका निवासी रेहाना खातुनको गत 6 महिना अघि कुचबिहार 1 नम्बर ब्लकको नेताजी स्क्वायर इलाका निवासी कुद्दुस हुसेनसित प्रेम सम्बन्ध भएको थियो। यसपछि ती दुई माझ शारीरिक सम्पर्क भएको आरोप रहेको छ। रेहाना र कुद्दुस कलेजका विद्यार्थी हुन्। केही दिन अघिदेखि कुद्दुसले रेहानासित कुनै सम्पर्क नगरेपछि गत आइतबार साँझ रेहाना युवकको घरमा पुगिन्। यसपछि युवक तथा तिनका परिवारका सदस्यहरूले घरमा ताला लगाएर त्यहाँबाट सुइँकुच्चा ठोके। यसबारे जानकारी पाएपछि इलाकावासीहरूको सहयोगमा गत राति घरको ताला भत्काएर उक्त युवती युवकको घरभित्र प्रवेश गरिन्। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगे तापनि घटनाबारे लिखित अभियोग दर्ता नगरेकोले गर्दा पुलिसले कुनै व्यवस्था नगरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.