बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रेमी पक्राउ

सिलगढी (निसं): बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा पुलिसले प्रेमीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 7 दिनको पुलिस रिमान्डमा पठाएको छ। आरोपी प्रेमीको नाम फिलीप पोद्दार बताइएको छ। तिनी भक्ति नगर थाना अन्तर्गत आश्रमपाडा निवासी हुन्। गत 4 वर्षदेखि तिनी सिलगढीको 3 नम्बर वार्डको गुरूङ बस्ती इलाकामा प्रेमिकासित भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार गत 4 वर्षअघि फिलीप पोद्दारको सिलगढीको मार्केटमा एउटी महिलासित भेट भएको थियो। बिस्तारै-बिस्तारै तिनीहरूमाझ प्रेम सम्बन्ध बनेपछि बिहेको प्रलोभन देखाएर प्रेमी फिलीपले प्रेमिकासित शारीरिक सम्बन्ध बनाए तापनि हाल प्रेमीले प्रेमिका महिलासित बिहे गर्न अस्वीकार गरेको आरोप रहेको छ। यसपछि प्रेमिकाले गत 27 अक्टोबरको दिन प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आश्रमपाडास्थित घरबाट फिलीप पोद्दारलाई पक्राउ गरेको बताइएको छ।  पुलिसले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *