बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध तथा गर्भपात गराएको आरोप, प्रेमी पक्राउ

सिलगढी : बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाउनको साथै जोरजबरजस्ती गर्भपात गराएको प्रेमीविरुद्ध आरोप उठेको छ। अभियोगको आधारमा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढीको रवीन्द्रनगर इलाका निवासी उक्त युवतीले महिला थानामा प्रेमी विरुद्ध अभियोग दर्ता गरेको थियो। युवतीको अभियोग अनुसार 2015 –मा दीपज्योति चौधुरी नाम गरेको एकजना युवकसित तिनको परिचय भएपछि तिनीहरूमाझ प्रेम सम्बन्ध भयो। यसपछि उक्त युवकले 2023 सम्म आफ्नो खुट्टामा उभिएपछि बिहे गर्ने युवतीसित वाचा गरेका थिए। आरोप अनुसार उक्त युवकले बिहेको प्रलोभन देखाएर युवतीसित लगातार शारीरिक सम्बन्ध बनाउने गर्थे। युवती गर्भवती बनेपछि तिनले युवकमाथि बिहेको दबाउ दिन थालिन्। यसपछि उक्त युवकले जोर जबरजस्ती युवतीको गर्भपात गरेको आरोप रहेको छ। यसको साथै दीपज्योति चौधुरीले सम्पर्क गर्न छोडेको साथै दीपज्योतिका दुई साथीले युवतीलाई तिनीबाट टाढा बस्ने धम्की समेत दिएको आरोप रहेको छ।  अन्ततः उक्त युवतीले पुलिस समक्ष न्यायको गुहार लगाइन्। गत राति तिनले सिलगढी महिला थाना प्रेमीविरुद्ध अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा प्रेमीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गर्यो। महिला थाना पुलिसले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *