बिहेको प्रलोभन देखाएर युवतीसित सहवास गरेको आरोपमा युवक पक्राउ

सिलगढी : बिहेको प्रलोभन देखाएर युवतीसित सहवास गरेको आरोपमा पुलिसले हिजो एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक बाबुपाडा निवासी सौरभ भट्टाचार्यको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गत 4 वर्षदेखि सिलगढीको सूर्यसेन कोलनी निवासी एउटी युवतीसित सौरभ भट्टाचार्यको प्रेम सम्बन्ध रहेको थियो। बिहेको प्रलोभन देखाएर सौरभले उक्त युवतीसित सहवास गर्ने गरेको आरोप रहेको छ। गत 12 जुनमा कानुनी रूपमा ती दुईले बिहे गर्ने निर्णय लिएका थिए। यस अनुसार उक्त युवती रेजिस्ट्री अफिसमा धेरै समयसम्म प्रतीक्ष गरे तापनि सौरभ नआएपछि तिनी घर फर्किआएको बताइएको छ। यसपछि 13 जुनको दिन युवतीको परिवारको तर्फबाट सौरभविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले हिजो कुचबिहारबाट उक्त युवकलाई पक्राउ गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom