बिहेको वाहनले किच्याउँदा बाइक चालकको मृत्यु

मालदा : बिहेको जन्तीको वाहनसँग बाइक आपस्तमा ठोक्किँदा बाइक चालकको मृत्यु भएको छ। उक्त घटना आज बिहान 81 नम्बर राष्ट्रिय राजमार्गको चाचल बीएड कलेज संलग्न इलाकामा घटेको हो। मृतक बाइक चालक हरिशचन्द्रपुर थानाको तुलसीहाटा जीपीको पारो गाउँ निवासी 25 वर्षीय राजा अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त युवक बाइकमा सवार भएर हरिशचन्द्रपुरदेखि चाचलतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा जन्तीको वाहनसँग आपस्तमा ठोक्किँदा लडेपछि पछिल्तिरबाट आइरहेको अर्को वाहनले किच्याउँदा तिनी गम्भीर रूपमा घाइते भएपछि अस्पतालमा लैजाँदा तिनलाई डाक्टरले मृत घोषित गरिदिए। पुलिसले दुईवटा वाहनलाई आफ्नो नियन्त्रणमा लिए तापनि वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *