बिजनबारी अस्पतालमा पर्याप्त भ्याक्सिन हुनु पर्ने माग

बिजनबारी : बिजनबारी ग्रामीण अस्पतालमा उमेर अनुसार कोभिड 19 भ्याक्सिन लगातार चलिरहेको भए तापनि 18 वर्षदेखि माथिका युवा अनि विद्यार्थीहरूले उक्त भ्याक्सिन लगाउन नसकिरहेका कुरा दार्जिलिङ हिल तृणमूल युवा अध्यक्ष रमेश कँड़ारियाले बताए। तिनले विशेष गरेर कलेजका विद्यार्थीहरू अनि छिमेकी राज्यतिर जानु आउनु पर्ने अप्ठ्यारो स्थितिलाई ध्यानमा राख्दै दार्जिलिङ जिल्ला अधिकारीले यस अस्पताललाई पर्याप्त रूपमा भ्याक्सिनेसन उपलब्ध गराइनु पर्ने माग गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *