बिजनबारी ब्याटमिन्टन एसोसिएशनद्वारा अस्पताललाई अक्सिजन सिलेन्डर प्रदान

बिजनबारी: कोभिड 19-ले गर्दा संक्रमित तथा अन्य रोगीहरूको उपचार गर्नको लागि देखा परेको विविध समस्यालाई ध्यानमा राखेर विभिन्न संघ-संस्थाहरुले सहयोग गर्दै बिजनबारी ग्रामीण अस्पताललाई केही स्वास्थ्य सामाग्रीहरु प्रदान गर्दै आइरहेको देखिन्छ। यसै क्रममा आज बिजनबारी ब्याटमिन्टन एसोसिएशनको तर्फबाट आज अक्सिजन सिलेन्डर बिजनबारी अस्पताललाई प्रदान गरिएको छ। राजेन प्रधान अनि संजय राईको हातबाट बिजनबारी अस्पतालका प्रभारी अन्सुल चौधरीलाई उक्त सिलेन्डर प्रदान गरियो। यस अवसरमा अस्पतालका प्रभारी अन्सुल चौधरीले बिजनबारी ब्याटमिन्टन एसोसिएशनलाई धन्यवाद दिँदै यस प्रकारको सहयोगले अस्पतालका रोगीहरुलाई धेरै फाइदा पुग्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *