बिजनबारी बजार 13 जुनदेखि एक हप्तासम्म पूर्ण रूपमा बन्द रहने

बिजनबारी : कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर दार्जिलिङ पुलबजार खण्डको बिजनबारी बजारलाई आगामी 13 जुनदेखि 20 जुनसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। बिजनबारीको साहित्यिक संस्था कला संगम-को प्रयासमा कोभिड 19 -विरुद्ध लड्न अथवा आफू पनि बाचौँ अरुलाई पनि बचाऊँ भन्ने उद्देश्य लिएर वरिपरिका विभिन्न संघ-सस्थाहरूद्वारा तयार पारिएको   बिजनबारी कोभिड 19 फाइटिङ फोरोमको गठनपछि उक्त निर्णय लिएको हो। उक्त बन्दको समयमा सम्पूर्ण दोकान व्यावसाय बन्द रहनेछ भने आवश्यक सर-समान दुध, दबाई दोकान लगायत स्थानीय स्तरमा उत्पादन हुने सब्जी इस्कुस बोक्ने वाहनहरूलाई विशेष रूपमा छुट दिइने भएको छ। यसबारे संस्थाका सचिव अरुण प्रधानले जानकारी गराउँदै सबैलाई भयभीत नहुने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *