बिजनबारी बजारमा युवाहरूद्वारा सर-सफाई तथा सेनिटाइज

बिजनबारी : लकडाउनको कारण घरमै बसेका युवाहरूलाई कुलतमा फस्नबाट जोगाउँदै, समाज निर्माणमा युवा वर्गको मुख्य भूमिका रहेकोले तिनीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न सिकाउने उदेश्य लिएर आज टीम सोसियल सर्कल-का युवाहरूले बिजनबारी बजारको सर-सफाई गरे। बिजनबारी रेलिङका युवाहरूले आज लकडाउनको दिन बिजनबारी बजारमा सर-सफाई गर्नकोसाथै बजारलाई सेनिटाइज पनि गरे।


आफूहरूको मुख्य लक्ष्य युवाहरूलाई कुलतको बाटोतिर जान नदिने उद्देश्यले सामाजिक चेतना फैलाउँदै यस प्रकारो साफ-सफाई अभियान गरेको समुहका सौरभ पोख्रेलले बताए। आगामी दिनहरूमा पनि आफूहरूको यस्तै समाजिक कार्यहरू गर्दै जाने लक्ष्य रहेकोले सबैले सहयोग गरिदिने तिनले अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *