बिजनबारी बजारमा तृणमूल पार्टी कार्यालयको उद्घाटन

बिजनबारी : पार्टी कार्यकर्ताहरुको असुविधालाई ध्यानमा राख्दै हिल तृणमूलको खण्ड स्तरीय कार्यालयको एउटा कार्यक्रमको साथमा राज्यसभा सांसद तथा पार्टी नेत्री शान्ता छेत्रीले बिजनबारी बजारमा उद्घाटन गरिन्। उक्त कार्यक्रममा सांसद शान्ता छेत्री वाहेक जिल्ला प्रवक्ता एनबी खवास, महकुमा सचिव निर्मल सिह, युवा सचिव रमेश कडरिया, खण्ड सभापति पर्वरिस सुब्बा लगायत पार्टीका समर्थकहरु उपस्थित थिए। धेरै अघिदेखि स्थानीय पार्टी कार्यकर्ताहरुको समस्यालाई ध्यानमा राखेर यहाँ एउटा पार्टी कार्यालयको माग गरेका थियौ सो आज पुरा भएको साथै यसले स्थानीय पार्टी कार्याकर्ताहरुको मनोबल बढेको कुरा खण्ड सभापति पर्वरिस सुब्बाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *