बिजनबारी बेरोजगार युथ फोरमद्वारा भोजन वितरण

बिजनबारी : बिजनबारी बेरोजगार युथ फोरमले हाल कोभिडको समय होटलहरू बन्द रहेको कारण विशेष गरेर अस्पताल, पुलिस थाना, फायर ब्रिगेड, खण्ड कार्यालय, बिजुली विभाग,पञ्चायत कार्यालयका कर्मचारीहरूलाई आज दिनको भोजन वितरण गरे। यसको साथै बजारमा विशेष काम लिएर आउने मानिसहरूलाई पनि भोजनको व्यवस्था गरिएको फोरमको तर्फबाट योगेन्द्र राईले जानकारी गराएका छन्। यस अघि विभिन्न गाउँ-बस्तीका विपन्न परिवारहरलाई पनि फोरमले आवश्यक खाद्यान्न वितरण गरेको तिनले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *