बिजनबारी बेरोजगार युथ फोरम-द्वारा क्यान्सर रोगी अमृत थामीलाई सहयोग 

बिजनबारी: गैर सरकारी अराजनीतिक संस्था बिजनबारी बेरोजगार युथ फोरम-को तर्फबाट कोभिड महामारीको समय स्थानीय धेरै विपन्न परिवारहरूलाई खाद्य सामग्रीहरू वितरण गरेर सराहनीय कार्य गर्दै आइरहेको छ। यसको साथै फोरमका सदस्यहरूले आज बिजनबारी बजारको थामी लाइन निवासी क्यान्सर रोगी अमृत थामीलाई भेटेर तिनलाई केही आर्थिक सहयोग गरेको छ भने यसवाहेक, प्रोटिनयुक्त डाइट तथा  खाद्य सामग्रीहरू पनि प्रदान गरेका छन्। क्यान्सर रोगले पीडित अमृत थामी धेरै दिनदेखि ओछ्यानमा परेका छन् भने तिनको घरको आर्थिक स्थिति राम्रो नभएकोले गर्दा यस भेगका विभिन्न संघ- संस्थानलाई अघि आएर सहयोग गरिदिने बिजनबारी बेरोजगार युथ फोरम-को तर्फबाट अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *