बिजनबारी बेरोजगार युवा फोरम-को तर्फबाट 50 परिवारलाई आवश्यक समान तथा औषधीहरू वितरण

बिजनबारी : बिजनबारी बेरोजगार युवा फोरम-को तर्फबाट बिजनबारी बजारदेखि केही पर पर्ने रेलिङ बजार, होम डाँड़ालोवर रेलिङकोलनी लगायत बिजनबारी बजार, रेलिङ अनि बिजनबारीका आइसोलेसनमा बसेका लगभग 50 परिवारलाई आवश्यक सरसमान सहित औषधीहरू वितरण गरियो। वितरण गरिएको सामाग्रीहरूमा चामल, तेल, साग-सब्जी, औषधी, चिनी, नुन, टूथपेस्ट, साबुन, दाल, मास्क आदि रहेको फोरमका सदस्यहरूले जानकारी दिएका छन्। फ्री फूड एण्ड राशननाममा यो दोस्रो चरण अनुरुप संस्थाका सदस्यहरु यौवन गुरुङ, योगेन्द्र राई, स्यारोन डेभिड राई, मंजिल सुब्बा, ऋषि गुरुङ, ऋषिहाङ सुब्बा, चेतन मणि राई, कुश छेत्रीबिशाल थामी लगायतको निजी खर्चमा उक्त सर-समान वितरण गरिएको थाहा लागेको छ। बेरोजगार युवा फोरम-का सदस्यहरूले विपन्न मानिसहरूको सहयोगको लागि सबैलाई अघि आइदिने अपिल पनि गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *