बिजनबारी भेगमा कृषकहरुलाई औजार,साग-सब्जीका बिउहरु वितरण

बिजनबारी: बिजनबारी भेगमा कृषकहरुलाई स्वलम्बी बनाउने उद्देश्य लिएर जीटीएको पहल तथा अनुसूचित जाति जनजाति एवम् अन्य पछौटे वर्ग उन्नयन विभागको प्रायोजनमा आज यहाँको रेलिङ कैजले समष्टिको विभिन्न गाउँका किसानहरुलाई कृषि औजार साथै साग-सब्जीका बिउहरु वितरण गरियो। कैजले पन्चवटी भवनमा आज कैजले बडारे लामा गाउँ, गुर्दुम, सुम्बुक झेपी थापागाउँ, कैजले सिरिसे, लिङतेन आदि गाउँका कृषकहरुलाई आवश्यक सर-समान तथा साग सब्जीका बिउहरू दिइयो। सो कार्यक्रममा विभागीय पक्षबाट सहायक प्रबन्धन शान्ति शेर्पा लगायत गोजमुमो केन्द्रीय उपाध्यक्ष सतिस पोख्रेल, समष्टि सचिव मिलन छेत्री, कृषि संयोजक कमल गिरी,पृथ्वीराज सुब्बा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *